सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार ११:०१ 
  • त्रिशूली, १ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ ।

    वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने भएको छ । केन्द्रको उद्घाटन गर्दै वाग्मती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले किसानका खेतबारी र वनजङ्गलका जडीबुटीको उपयोगदेखि बिरामी हुँदा प्राकृतिक उपचार विधिको सेवा पाउन नगरसहित जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

    केन्द्र सरकारअन्तर्गत प्रत्येक प्रदेशमा एक–एकवटा आयुर्वेद अनुसन्धान केन्द्र तथा त्यससम्बन्धी औषधि बिरामीलाई सहजरूपमा उपलब्ध गराउने कार्यक्रम अनुरुप नुवाकोटमा कार्यालय स्थापना भएकाले यसबाट यहाँको जनता र यहाँको जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।

    नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धनिकलाल भरखेर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामअधार यादवले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक नभई मूलधारमा ल्याउन प्रभावकारी भूमिका पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने भएको छ । नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.