सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ चैत १२ देखि


  •    न्युजभित्तो/२९ फाल्गुन २०७७, शनिबार १९:११ 
  • चितवन ,२९ फागुन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ‘ हुने भएको हो । चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आज (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्याराफिट निर्माणको काम भइरहेको जानकारी दिए । प्याराफिट ३ हजार दर्शक क्षमताको हुनेछ । खेलाडी र खेलाडीको परिवारको साथमा संघ सधैं छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले बताए । फुटबलमै लामो समय बिताएका बिजय खड्गीको निधनले संघ निकै मर्माहत भएको समेत उनले बताए । कार्यक्रममा बिजयलाई सम्झिदै उनी केही बेर भावुक समेत भएका थिए ।

    २०७५ सालमा आफु जिल्ला फुटबल संघको अध्यक्षमानिर्वाचित हुँदा बिजयले फोन मार्फत बधाई र शुभकामना दिएको क्षण सम्झिदै कार्की भावुक भएका हुन् । उनलाई शुभकामना दिएको केही दिनमा नै बिजयको निधन भएको थियो । प्रतियोगिताबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गरिने उनले बताए । “आफ्नो जीवन नै फुटबलमा सुम्पिएका खेलाडी र उनको परिवारको साथमा संघ छ है भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरेका हौं उनले भने, यसबाट बचेको रकम बिजयको छोराको अध्ययनका लागि सहयोग गर्छौं ।” यस्ता प्रतियोगिताले खेलाडीलाई खेलमा लाग्न प्रेरित गर्ने उनको विश्वास छ ।

    चितवनले यसको सुरुवात गरेको भन्दै उनले देशभर नै यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिए । एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कार्यक्रममा पूर्व फिफा रेफ्री विरेन्द्र पाण्डेले बिजयको उत्कृष्ट ड्रिब्लिङ क्षमता प्रशंसा गरे । आफ्नो समयमा उनी ड्रिब्लिङकै लागि प्रख्यात रहेको उनले बताए । एन्फामा पनि उनले राम्रो छाप छोडेका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो ।

    बिजयको एक छोरा छन् । प्रतियोगितामा ए डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

    टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ । प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल (वाइबी) ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताए । उअन्ले अहिले पनि फुटबलका बिभिन्न गतिविधिमा सेन्ट्रल कलेजले सहयोग गरिरहेको उनले बताए ।

    यसैबीच चितवन जिल्ला फुटबल संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उनकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगितामा नाफा नभए स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीका अनुसार प्रतियोगिताबाट अपेक्षित रकम नबचेँको खण्डमा उनिहरुले स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने छन् । यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि उनिहरुले नगद ३ लाख रुपैयाँ सहयोग समेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.