सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार १३:५१ 
  • बाँके, २८ फागुन । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ ।

    मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । घटना बुधबार दिउँसो १ः५० बजे भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक बनको सिमानामा फेला पारेको उहाँले बताउनुभयो ।

    पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी गत पुस १७ मा चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

    “उनीहरुलाई आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौं”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो । त्यसैगरी गेरुवा गाउँपालिका¬–४ गिडरपुरमा दर्जनौं खसीबाख्रा बाघले आक्रमण गरेर मारेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.