सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी: माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड’


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार १३:२५ 
  • काठमाडौं २८ फागुन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी गरेका छन् ।

    शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले १२ बुँदेको हस्ताक्षरकर्तामध्ये एक आफूमात्रै जीवित रहेकोले त्यस्तो हमला भइरहेको बताए ।

    ‘गिरिजाप्रसाद कोइराला १२ बुँदे सहमतिको प्रमुख हस्ताक्षरकर्ता हुनुहुन्थ्यो, उहाँ अहिले हुनुहुन्न’ प्रचण्डले भने, ‘म जीवितै छु । यो परिवर्तन उल्ट्याउन ममाथि घेराबन्दी भइरहेको छ । मैले यो महसूस गरिरहेको छु।’ त्यस्तो षड्यन्त्र देशभित्र र बाहिरका शक्तिबाट भइरहेको समेत उनको दाबी छ।

    संघीयता, गणतन्त्रजस्ता उपलब्धिलाई उल्ट्याउने कोसिस भएको भन्दै उनले त्यसलाई रोक्न ‘रंगिन क्रान्ति’ गर्न आवश्यक पर्नसक्ने समेत बताए । ‘यो परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने निकै ठूलो षडयन्त्र भइरहेको छ’ प्रचण्डको भनाइ छ, ‘हामीले लडेर स्थापित गरेका मान्यता र प्रणालीलाई कसैले पनि कुल्चिन नपाओस् । उपलब्धिलाई सिध्याउने कोसिस भयो भने क्रान्ति त गर्नै पर्छ। शान्तिपूर्ण क्रान्ति । रंगीन क्रान्ति । सडकबाट नै शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने हो ।’

    देशमा अस्वाभाविक घटना हुन थालेको भन्दै प्रचण्डले भने, ‘जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लैजाने जस्तो अनौठो घटना हुन थालेको छ । हुनै नसक्ने घटना हुन थालेको छ । हेर्दै जाउँ अझै के कस्ता अस्वाभाविक घटना घट्ने हो । म अहिले धेरै भन्दिनँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.