सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ सरकार बनाउन देउवाले लिए अग्रसरता : जसपालाई बोलाए बूढानीलकण्ठ


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार १२:४६ 
  • काठमाडौं २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको रातोपाटीलाई जानकारी दिए । देउवाले जसपाका नेताहरुसँग वार्ता गर्नुअघि पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्ने भएका छन् ।
    त्यसका लागि दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको सभापति देउवाले बूढानीलकण्ठ बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ ।
    वर्तमान केपी ओली सरकार टिकाउन वा विस्थापित गर्न जसपा निर्णायक भनेका बेला देउवाले ओली सरकार विस्थापनका लागि अग्रसरता बढाएको बूढानीलकण्ठ स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जसपाको साथ खोजेका बेला नयाँ सरकार बनाउन देउवाले पनि सहकार्यको हात फिँजाएको बुझिएको छ ।

    विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् ।
    काँग्रेस सके आफ्नै नेतृत्वमा सरकार बनाउने नभए ओली सरकार विस्थापित गरेर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने पक्षमा देखिएको छ । अहिलेसम्म नयाँ सरकार निर्माणमा मौन देखिएका देउवा सक्रिय हुन थालेको छन् ।
    यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए । सत्ता सहकार्यबारे जसपाले ओली र देउवा–प्रचण्डसँग छलफल गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.