सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

(नेकपा) एमालेले केन्द्रीय समिति बैठक बोलाउने तयारी


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार ११:३८ 
  • काठमाडौं, २८ फागुन। नेकपा एमालेले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

    महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मिति टुङ्गो लगाउने तयारी भएको छ ।

    त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाएका छन् ।

    उपमहासचिव विष्णु पौडेलले शुक्रबार शीर्ष नेताबीच छलफल भएपछि बैठकको टुङ्गो लाग्ने बताए । ‘आज छलफल हुँदैछ । त्यसपछि थाहा होला’, पौडेलको भनाइ छ ।

    गत २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएसँगै विकसित राजनीतिक घट्नाक्रमहरुका बारेमा छलफल गर्न एमालेको माधव नेपाल पक्षले अविलम्ब बैठकको माग गरेपनि अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका थियो ।

    बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले ब्युँतिएपछि पनि ओली र नेपाल पक्षका नेताहरुबीच संवाद हुन सकेको छैन । नेपाल पक्षले आफूहरुसँग कुनै छलफल र सल्लाह नगरी अध्यक्ष ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.