सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार ०८:०३ 
  • र्गैंडाकोट, २८ फागुन । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आज शुक्रबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

    कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गर्ने जनाइएको छ । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताउनुभयो ।

    कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सहभागिताका लागि शुल्क नलाग्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको भण्डारीको भनाइ छ । निःशुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक÷एक घण्टामा छुट्ने उहाँले बताउनुभयो ।

    फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नुहुनेछ ।

    यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नुहुनेछ । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नुहुनेछ । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने बताइएको छ । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।

    यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उहाँको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नुहुनेछ । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नुहुनेछ ।

    फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुने पनि भण्डारीले जानकारी दिनुभयो । ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले कुराकानी गर्नुहुनेछ । ‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्नुहुनेछ । सर्वसाधारणमाझ उहाँ अध्ययनशील अभिनेताका रूपमा चिनिनुहुन्छ ।

    फिभरका अवसरमा उहाँले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउनुहुनेछ । कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्यो भन्ने विषयमा पनि उहाँले आफ्ना धारणा राख्नुहुनेछ । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.