सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा


  •    न्युजभित्तो/२६ फाल्गुन २०७७, बुधबार १३:५२ 
  • चितवन,२६ फागुन । बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा भएको छ। विस्तृत अध्ययन पूरा भइ प्रतिवेदन आपूर्ति मन्त्रालयमा बुझाइएको नेपाल आयल निगमको सर्वे टोलीले जनाएको छ। प्रतिवेदनमा पाइपलाइनको नक्सांकन,लाग्ने कुल खर्च तथा समयको बारेमा विस्तृत रिपोर्ट उल्लेख गरिएको जनाइएको छ।

    नेपाल आयल निगम प्रादेशिक कार्यालय २, अमलेखगंज डिपोका प्रमुख भरत रेग्मीका अनुसार केही दिन अघि पाइपलाइनको विस्तृत अध्ययन प्रतिवेदन सर्वे टोलीले मन्त्रालयमा बुझाएको र मन्त्रालयले भारतको आईओसीसँग छलफल अगाडि बढाएपछि पाइपलाइन निर्माण कार्य अघि बढ्ने बताइएको छ। यसअघि नै बाराको अमलेखगंजदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण बारे नेपाल-भारतबीच आपसी सहमति भइसकेको छ।

    ६९ किलोमिटर लम्बाइमा निर्माण हुने अमलेखगंज–लोथर पेट्रोलियम पाइपलाइनको लागि करिब १३ अर्ब आवश्यक बजेट लाग्ने अनुमान गरिएको छ। एशियाको प्रथम नेपाल-भारत अन्तरदेशीय पाइपलाइनको रुपमा मोतिहारी–अमलेखगंज पाइपलाइन एक वर्षदेखि सञ्चालनमा आएपछि अमलेखगंजदेखि लोथरसम्म पाइपलाइनलाई विस्तार गरेको खण्डमा नेपालका इन्धन आपूर्ति सहज तथा ढुवानी खर्च झण्डै वर्षको डेढ अर्ब बचत गर्ने सरकारको योजना छ।

    एक वर्षदेखि मोतिहारीबाट पाइपमा अमलेखगंजसम्म डिजेल मात्र आइरहेको अवस्थामा भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा पेट्रोल भण्डारण गरी सोही पाइपलाइनमा पेट्रोल पठाउन भर्टिकल ट्यांकी निर्माण गरिएको छ भने अमलेखगंजमा पनि पेट्रोल भण्डारण गर्ने आवश्यक पूर्वाधार निर्माण तथा तयारी भइरहेको अमलेखगंज प्रादेशिक कार्यालयका प्रमुख रेग्मीले बताए।

    डिजेल आउने पाइपमै केही केमिकल राखेर पेट्रोल आयात गर्न सकिने छ। केमिकलले डिजेललाई सफा गरिदिएपछि मात्र पेट्रोल आउने छ। पाइपलाइन सञ्चालनपछि ट्यांकीबाट रक्सौलबाट डिजेल ढुवानी गर्न खर्च घटेर अहिले झण्डै एक अर्ब नेपाल आयाल निगमलाई बचत भइरहेको बताइएको छ। अमलेखगंज–लोथर पाइपलाइन सञ्चालनमा आएपछि उत्तरी र पश्चिमी नेपालमा इन्धन आपूर्ति थप सहज र कम खर्चिलो हुने छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.