सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने,


  •    न्युजभित्तो/२५ फाल्गुन २०७७, मंगलवार १४:३५ 
  • चितवन,२५ फागुन । सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले मङगलबार प्रक्रिया थाल्दैछ ।सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपाको बैधानिक हैसियत सकिएको छ । दुबै समूहले अब साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताउने कसरत थालिसकेका छन् । यसैको सहजिकरण गर्न निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्न लागेको हो । निर्वाचन आयोगमा यी दुई नाममा अलग अलग पार्टी दर्ता छन् । मोरङकी सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले तथा गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नामका पार्टी आयोगमा दर्ता छन्। सर्वोच्चले एकता अघिको एमाले र माओवादी केन्द्रलाई ब्युताएपछि अब निर्वाचन अयोगले पनि यो नाम पुरानै पार्टीलाई दिने बताएको छ । यसका लागि तिवारी र किरातीलाई नयाँ नाम र चुनाव चिन्हका लागि औपचारिक रुपले निवेदन दिन आयोगले पत्राचार गदैछ । यसैगरी आयोगले नेकपाबाट चुनाव जितेका सांसद एवं स्थानिय तहका जनप्रतिनिधिको हैसियत के हुने भन्नेबारे कानुनी परामर्श गर्ने जनाएको छ । तत्कालका लागि उनीहरु स्वतन्त्र हैसियतमा रहने देखिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.