सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पाबाट दालचिनी भारत निर्यात


  •    न्युजभित्तो/१९ असार २०८३, शुक्रबार १६:०१ 
  • तानसेन (पाल्पा), १९ असार । चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ । 

    डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो । 

    उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७र७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताउनुभयो ।  

    गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात  निकासी भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार आव २०८०र८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९र८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८र०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७र०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो । 

    त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०र०८१ मा सात लाख छ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ । 

    पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो । तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । उहाँले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो रु १०० मा बिक्री गर्दै आएका छन् भन्नुभयो । 

    दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.