सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला


  •    न्युजभित्तो/१९ असार २०८३, शुक्रबार १६:३९ 
  • ढोरपाटन (बागलुङ), १९ असार । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो । 

    धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका स्थानीयले उपभोग गर्ने पानीमा ‘कोलिफर्म’ भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो दिसामा देखिने जीवाणु भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

    आचार्यले भन्नुभयो, “अस्पतालमा दूषित पानीको प्रयोगबाट हुने बिरामीको सङ्ख्या बढेपछि करिब चार सय मुहानको पानी परीक्षण गर्दा केही मुहानमा कोलिमर्फ भेटियो । यस्तो पानी उपभोग गर्दा बिरामी पर्ने र ज्यानै जान सक्ने जोखिम रहन्छ । त्यसैले खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीयलाई पानीको शुद्धीकरण गरेरमात्रै प्रयोग गर्न आग्रह गरेका छौँ ।”

    गत आथिक वर्ष पनि ३४१ स्थानमा पानी परीक्षण गरिएकामा १२५ स्थानमा कोलिफर्म देखिएको प्रयोगशाला प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०र८१ मा भने २०८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलिफर्म देखिएको थियो ।

    कोलिफर्मयुक्त पानीका कारण ज्वरो, टाइफाइट, झाडापखला, मलेरिया, जन्डिसलगायत रोग लाग्ने धवलागिरि प्रादेशिक अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले बताउनुभयो । बर्खाको समयमा पानी दूषित हुने हुँदा धेरै बिरामी बढ्ने उहाँको भनाइ छ । यो याममा पानी शुद्धीकरण गरेर र उमालेर मात्रै पिउनुपर्ने उहाँको सुझाव छ । 

    “यो याम दूषित पानीका कारण धेरै मानिस बिरामी पर्नु हुन्छ, किनकि यो वर्षासँगै फोहरजन्य पानी मुदानमा सिसिने जोखिम रहन्छ । खोलानाला बढ्ने, भल आउने समस्याका कारण पानीको मुहान दूषित हुन्छ”, डा तिवारीले भन्नुभयो, “सोही कारणले पानी सफा देखेर सिधैँ पिउनुभन्दा उमालेर पिउन उत्तम हुन्छ ।” 

    डा तिवारीका अनुसार धवलागिरि अस्पतालमा दैनिक ६०० को हाराहारीमा बिरामी आउने गरेको छन् । “तीमध्ये अधिकांश दूषित पानीका कारण बिरामी हुनुभएको परीक्षणका क्रममा देखिएको छ”, उहाँले भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.