सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन


  •    न्युजभित्तो/१९ असार २०८३, शुक्रबार १६:४७ 
  • महेन्द्रनगर, १९ असार । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ ।

    समिति सदस्य दीपकराज बोहरा, सुरेन्द्र चौधरी र रेखाकुमारी यादवसहितको टोलीले कारागारको अनुगमन गरेको हो ।

    त्यस क्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन, सुरक्षा व्यवस्थापन एवं कारागार सञ्चालनमा प्रशासनिक चुनौती लगायतका विषयमा जानकारी लिएको समिति सदस्य बोहराले जानकारी दिनुभयो ।

    संसदीय टोलीले कारागार अनुगमनका क्रममा कैदीबन्दी, कारागार प्रशासन र जिल्ला सुरक्षा समितिका पदाधिकारीसित अन्तरक्रियासमेत गरेको थियो । समितिले कारागार समग्र अवस्था र वस्तुस्थितिका बारेमा जानकारी लिएको कारागार प्रशासक हेमन्ती साउदले बताउनुभयो ।

    विसं २०३२ मा निर्माण भएको कारागारको भौतिक संरचना जीर्ण रहेता पनि ३८९ जना कैदीबन्दी रहेका छन् । “१६० जना कैदीबन्दी राख्न मिल्ने क्षमता हो तर ३८९ जना छन्”, साउदले भन्नुभयो, “आगामी आवका लागि कारागार भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ ।”

    क्षमताभन्दा अत्यधिक कैदीबन्दी हुँदा व्यवस्थापन, सुरक्षा तथा न्यूनतम सेवा प्रदानमा समस्या झेल्न परे पनि दिगो व्यवस्थापनका लागि भइरहेका विभिन्न प्रयासबारे संसदीय टोलीलाई जानकारी गराइयो ।

    कैदीबन्दीले समितिका सदस्यसँग सिदाका लागि प्रतिव्यक्ति दैनिक उपलब्ध गराइने रु ८० को रकम वृद्धि, केही बर्षयता स्थगन रहेको निश्चित अवधि कैद भुक्तान गरिसकेका कैदीहरुलाई दिइने कैद छुटको सुविधालाई निरन्तरता दिनुपर्ने माग राखेका छन् ।

    कैदीबन्दीसँगको अन्तरक्रियामा समितिका सदस्य बोहराले कारागारलाई सुधार केन्द्रका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “लागुऔषध मुद्दाका कैदीबन्दी धेरै देखिँदै छ, युवापुस्ता यसको शिकार हुनबाट जोगाउन सबैको भूमिका आवश्यक छ ।”

    टोलीले शुक्रबार नै महेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसमेत स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीमा समितिका सदस्य तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहित सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.