तीन छोरी र एक छोरासहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला
न्युजभित्तो/२५ फाल्गुन २०७७, मंगलवार ०८:०९
सुर्खेत, २५ फागुन । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् ।
वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् ।
‘उनी आइतबार राती नै घरबाट निस्किएको थाहा भयो । श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ,’ वडाअध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’
मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुलभन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएकाले पाँचै जनाले कर्णालीमा हाम्फालेको बताए । दुइ छोरीको शव डोरीले हात बाँधिएको अवस्थामा सोमबार अबेर फेला परेको थियो । बाँकीको खोजी भइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले सोमबार साँझ छोरीहरु १६ वर्षीया कल्पना बडुवाल, १२ वर्षकी सरिता बडुवालको शव फेला परेको जानकारी दिए । उनले सुकी बडुवाल र उनको एक छोरार एक छोरी अहिले पनि वेपत्ता भएको र प्रहरी तथा समूदायले खोजी कार्य जारी राखेको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा टोली राकम कर्णाली गएको छ । उनले भने, ‘उनका श्रीमान प्रहरी नियन्त्रणमा छन् । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न सकिने अवस्था छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’