सर्वाेच्च अदालतले ब्यूँतायो एमाले र माओवादी केन्द्र (अदालतको फैसलासहित)
न्युजभित्तो/२३ फाल्गुन २०७७, आईतवार १५:३३
काठमाण्डौं, २३ फागुन । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको नाम खारेज भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अब पुरानै अवस्था फर्किएका छन् ।
निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरेको थियो ।
सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो । सर्वोच्चले अब यी राजनीतिक दलले एकता गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन र नियम विपरीत नहुने गरी दर्ता गर्न निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ ।