सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई दशकदेखिको प्रयास सफल, मेलम्चीको पानी काठमाण्डौं आईपुग्यो


  •    न्युजभित्तो/२२ फाल्गुन २०७७, शनिबार १९:४८ 
  • काठमाडौं, २२ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज शनिबार सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् । गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

    यसअघि गत असार २९ गते पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो, जुन सफल भएन । हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर पानी बाहिर निस्कियो । सो दुर्घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको बेपत्ता भएका थिए ।

    त्यसपछि चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण गरिएको हो ।

    काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । २०२९ सालदेखि खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गर्यो ।

    त्यसपछि २०४९ सालको अर्को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प मेलम्ची, याङ्ग्री र लार्केलाई छान्यो । त्यहाँबाट दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न सकिने अध्ययनको निष्कर्ष थियो ।

    सोही अनुसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्र्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो ।

    आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

    अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्णरूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने समितिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.