सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री बन्ने अवस्था आए भाग्दैन : सभापति देउवा


  •    न्युजभित्तो/१९ फाल्गुन २०७७, बुधबार १७:४३ 
  • चितवन, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस चितवनले आज बुधबार रत्ननगरमा आयोजित शोक सभामा बोल्नुहुँदै उहाँले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनु भएको हो ।

    सभापति देउवाले भन्नुभयो “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकोमा आयो भने भाग्ने पनि छैन ।” उहाँले अगाडि भन्नुभयो “प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।”

    आफु प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै उहाँले भन्नुभयो “पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” सोही कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिकाको जिम्मेवारी पूर्वक निर्वाह गर्नुपर्ने बताए पछि देउवाले थप्नुभयो “तपाई शेरवहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्न जस्तो लाग्छ । मलाई तपाईको भनाइबाट त्यही बुझियो ।” पौडेललाई सानो चित्त नगर्न र बिशाल हृदय राख्न आग्रह गर्दै देउवाले अबको राजनीतिमा जे आउँछ त्यो बेहोर्दै जानुपर्ने बताउनुभयो । उहाँले रानाभाटको राजनैतिक संघर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.