सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस हैसियत अनुसार प्रतिपक्षमा बस्नुपर्छ : पौडेल


  •    न्युजभित्तो/१९ फाल्गुन २०७७, बुधबार १७:४१ 
  • चितवन, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस जुन हैसियतमा संसदमा छ त्यसै अनुसार अघि वढ्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस चितवनले आज बुधबार रत्ननगरमा आयोजित शोक सभामा बोल्नुहुँदै उहाँले बिपक्षी दलको सही भूमिका नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने बताउनु भएको हो ।

    सानो संख्यामा संसदमा भए पनि काङ्ग्रेसको भूमिका ठूलो र जिम्मेवारी पूर्ण रहेको भन्दै उहाँले भन्नुभयो “कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसदमा बलियो पार्टी बन्ने छ ।”

    आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको भन्दै उहाँले भन्नुभयो “कांग्रेसले त्यही अनुसारको आचरण र व्यवहार देखाउनु पर्छ ।” बिकृतिबाट लोकतन्त्रलाई बचाउनु पर्ने भन्दै पौडेलले भन्नुभयो “बास्तबमा कसैले आफ्नो हैसियत र औकात भन्दा बढी आकंक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।”

    सो अवसरमा नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सह्रानीय रहेको बताउनुभयो । कार्यक्रममा पूर्ब सभामुख तारानाथ रानाभाट, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना), गण्डकी प्रदेशका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, वागमती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बानिया, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस नवलपरासीका सभापति बिष्णु सापकोटा र नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले रानाभाटको राजनैतिक भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो । नेता रानाभाटको फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो । उहाँ प्रतिनिधि सभाका पूर्ब सांसद हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.