अर्थमन्त्री समक्ष उद्योगीका समस्यै समस्या समस्या छिट्टै हल हुँदैछन् ः अर्थमन्त्री खतिवडा
/२ बैशाख २०७६, सोमबार १४:३५
भरतपुर ः २ वैशाख ः
भरतपुरमा सोमबार आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थमन्त्री समक्ष समस्यै समस्या प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले व्यवसायमा देखिएका समस्या सुनाएका थिए । कतिपयले आफ्नै उद्योगका समस्या प्रस्तुत गरे भने कतिपयले संस्थागत रुपमा समस्या राखेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीका समस्या छिट्टै हल हुने आश्वासन दिनुभयो ।
नेपाल सरकार, नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेश नं. ३, गण्डकी प्रदेश र प्रदेश नं. ५ का उद्यामीहरुबीच पूर्व बजेट छलफल एवं अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यवसायीहरुले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔं भन्ने भावनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । उद्योगी व्यवसायीका धेरै समस्याहरु हल हुँदै गएको बताउँदै उहाँले कतिपय समाधान हुनेदिशातर्फ अगाडि बढ्को बताउनुभयो । उहाँले भन्नुभयो “औद्योगिक वातावरण तयार हुने धेरै ऐन कानुनहरु बनिसकेका छन्, कतिपय बन्ने चरणमा छन् । केही समयपछि सबै समस्या समाधान हुनेछन् ।”
कतिपय जिल्लामा राज्यविरोधी गतिविधिहरु, विध्वांसात्मक गतिविधिहरु भईरहेको बताउँदै उहाँले विदेशी लगानीकर्तालाई तर्साउने खोलका गतिविधिहरु पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले औद्योगिक सुरक्षा बलको व्यवस्था गर्छ, त्यसमा केही भाग लागत सहभागिता निजी क्षेत्रको पनि हुन्छ ।” त्यसपछि उद्योगीहरुको सुरक्षा हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
सरकार निजी क्षेत्रसँग सँगैसँगै काम गर्न चाहेको बताउँदै उहाँले आगामी पाँच वर्षमा ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट आओस् भन्ने सरकारले चाहेको बताउनुभयो ।
तयारी वस्तु भन्दा कच्चा पदार्थ आयातमा महंगो भन्सार शुल्क रहेको व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै उहाँले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले कच्चा पदार्थ आयातमा समस्या रहेको बताउँदै भन्नुभयो “एउटै वस्तु कुनै उद्योगको तयारी वस्तु हुन्छ, कुनै उद्योगलाई त्यही कच्चा पदार्थ हुन्छ ।” कच्चा पदार्थ र तयारी वस्तुबारे प्रष्ट भएर जानुपर्ने उहाँले बताउनुभयो ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बताउँदै उहाँले बैंकहरुको व्यजदर स्थिर बनाउन सरकार लागेको बताउनुभयो । उद्योगहरुलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उहाँले भन्नुभयो “अनुदान दिनुभनेको कसै न कसैलाई कर लगाउनु हो, सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काे हातले कर लगाउने हो । सरकारसँगै स्रोतको सिर्जना केही पनि हुँदैन । तपाईहरुको स्रोत हो, तपाईहरुले नै प्राप्त गर्ने हो ।”
विदेशबाट सस्ता वस्तु आयात भएर नेपाल डम्पिङसाईड नबनोस् भन्नेतर्फ सरकार सचेत रहेको भन्दै उहाँले भन्नुभयो “यसैका कारणले हाम्रा उद्योगहरु नमरुन भन्नका लागि कानुन तयारी हुँदैछ ।”
कार्यक्रममा सहभागीहरुले तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा भन्सार दर उच्च रहेको, उद्योगका लागि दक्ष जनशक्ति अभाव भएको, भएका कानुनहरुको कार्यान्वयन हुन नसकेको जस्ता गुनासो गरेका थिए ।
सो अवसरमा अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, परिसंघ ३ नं. प्रदेशका संयोजक ऋषिराम घिमिरे, परिसंघ गण्डकी प्रदेश अध्यक्ष बिनोद न्यौपाने, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले बोल्नु भएको थियो ।