चितवन,१४ फागुन । भरतपुर ०६ चोकबजारमा अवस्थित चोकबजार हाट बजारमा गाह्रकहरुलाई आवतजावतमा सजिलोको लागि जेब्राक्रसिङ निर्माण गरिएको छ।
गीतानगर जेसीजको आयोजनामा, ईलाका प्रहरी कार्यालय गीतानगर र चोक बजार हाटबजार व्यवस्थापनको समन्वयमा जेब्राक्रसिङ निर्माण तथा बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जेसी कृष्ण रिमालको संयोजकत्वमा भएको सो कार्यक्रममा दुर्गा पंन्चायन टोल बिकास संस्थाका अध्यक्ष सुमन कोइराला प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले ट्राफिक व्यवस्थापनको लागि र सर्वसाधारण जनता लाई आवतजावतमा सजिलो को लागि गरिएको यो काम सराहनीय भएको बताउदै यस्तो कार्य गरेकोमा गीतानगर जेसीजलाई धन्यवाद दिनुभयो। सोही कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा यस्तो कार्य गर्न पाँउदा आफू खुसी भएको बताउदै सहयोग गर्नुहुने सबै संघसंस्थालाई धन्यवाद दिनुभयो।
उक्त कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय गीतानगरका ट्राफिक प्रमुख आलोक सिंहले सहजीकरण गर्नुभएको थियो।