सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस अहिले हतारिएर सरकारमा जाँदैन :काँग्रेस पूर्वमहामन्त्री सिंह


  •    न्युजभित्तो/१४ फाल्गुन २०७७, शुक्रबार १४:०६ 
  • काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उहाँले प्रतिपक्षमै बस्ने जनादेश भएकाले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने बताए ।

    नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा काँग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने, “काँग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैँ फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने कुरा हो ।”

    कार्यक्रममा खेलाडी एवं नेता कँवेले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकुदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको बताए ।

    हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको जनाएको छ । त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने गरिने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.