सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देश अब केपी शर्मा ओलीको सेटिङमा चल्दैन,प्रधानमन्त्रीबाट बिदा भएपछि ओली जिलाई राम मन्दिरको पुजारी बनाउनुपर्छ:नेता पाण्डे


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १६:०५ 
  • चितवन, १२ फागुन ।  नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले देश अब केपी शर्मा ओलीको सेटिङमा नचल्ने बताएका छन्।

    भरतपुरमा पार्टीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको बताए।

    ‘हिजो बेलुका एउटा प्रमाणित भयो ओली सेटिङ ‘टाइँ टाइँ फिस’, ओली सेटिङ गयो, समाप्त भयो। ओली सेटिङ चल्दैन भन्ने कुरा अदालतले प्रमाणित गरिदियो,’ पाण्डेले भने, ‘यो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुने सबैलाई धन्यवाद छ। सर्वोच्च अदालत र न्यायाधीशहरूलाई अझ धेरै धन्यवाद पार्टीकोतर्फबाट।’

    उनले नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने कुरा न्यायाधीशहरूको फैसलाबाट प्रमाणित भएको बताए।अदालतको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको उनले बताए।

    नेता पाण्डेले अब ओलीको सेटिङ नचल्ने भन्दै सबै नेता कार्यकर्तालाई एक ठाउँमा आउन आह्वान गरे।

    प्रधानमन्त्रीलाई दुर्योधन र राष्ट्रपतिलाई धृतराष्ट्रसँग तुलना गर्दै पाण्डेले अब देश त्यसरी चल्न नसक्ने बताए।

    प्रधानमन्त्रीले महाराजाको शैलीमा सरकारी पैसाको दुरूपयोग गरी जन्मोत्सव मनाएको भन्दै उनले भने, ‘प्रधानमन्त्री जीले अब राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्‍यो, तपाईं यो पदमा बस्ने हैसियत राख्नु हुन्न।’

    भरतपुरस्थित केन्द्रीय बस टर्मिनलसँगै रहेको मैदानमा नेकपाले विरोध सभाको आयोजना गरेको भएपनि राजनीतिक परिस्थिति फेरिएसँगै विजय सभामा परिणत गरिएको थियो।

    सोही मैदानमा गत माघमा गरिएको सभामा प्रधानमन्त्री ओलीले चितवनबाट निर्वाचित सांसदहरूले जनताका लागि केही काम गर्न नसकेको आरोप लगाएका थिए।

    प्रधानमन्त्रीलाई जवाफ दिँदै पाण्डेले प्रधानमन्त्रीबाट बिदा भएपछि ओली राम मन्दिरको पुजारी बन्नुपर्ने बताए।

    ‘केही दिनअघि ओलीजी यहीँ आएर भन्नुभएछ, कहाँ छौ सांसदहरू तीन-तीन जना? म भएको भए माडीमा एउटा राम मन्दिर बनाउने थिएँ। म माडीका मेयरलाई भन्न चाहन्छु, माडीमा राममन्दिर बनाउने विषयमा चितवनबाट निर्वाचित सबै सांसदले सहयोग गर्छौं,’ उनले भने, ‘म एउटा प्रस्ताव गर्न चाहन्छु प्रधानमन्त्री तपाईंलाई रुचेन, त्यहाँ मन्दिर बनाएर मूल पुरोहित केपी ओलीलाई राखिदिऊँ। त्यसो भएपछि उहाँलाई त्यसैले चित्त बुझ्छ।’

    उनले ओलीले कथा, कुथुरी, अन्टसन्ट जाली कुरा गरेर देश चलाउन खोजेको टिप्पणी गरे।

    अध्ययक्षद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा उनीहरू काठमाडौं फर्किएपछि पाण्डेले सभालाई सम्बोधन गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.