सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डा.भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १५:४६ 
  • चितवन,१२ फागुन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उहाँले अस्पताल विकास समितिको नेतृत्व सम्हाल्नुभएको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा वासुदेव पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा अधिकारीले रु ३६ हजार २५० कोषका लागि हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले विपन्न नागरिकको उपचारमा सधँै लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताउनुभयो । जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.