राजीनामा दिने हामी कायर हो ? :शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठ
न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १३:४८
काठमाडौँ, १२ फागुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्याए।
‘राजीनामा दिने हामी कायर हो ? कुनै पनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ उनले भने । संसद सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने मन्त्री श्रेष्ठले बताए ।
‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौैं तर यो निर्णयले झन् विवाद बढाएको छ,’ सीटीईभीटीको ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी जनताबाट आएका हौं, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्नेछन् ।’
संसद पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने उनले स्पष्ट पारे । ‘अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहुन्छ,’ उनले भने, ‘हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौं, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ ।’
अदालतको फैसलापछिको विश्लेषण गर्दै उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौं, खेल खेल्ने तयारीमा छौं, हामीले गोल गरेरै देखाउँछौ ।’
नेपालको राजनीतिका पेले, रोनाल्डो, म्यारोडोना र मेसी आफूसँगै रहेका दाबी गर्दै मन्त्री श्रेष्ठले कुनै समस्या नरहेको बताए । ‘जस्तोसुकै परिस्थिति आए पनि राजनीतिक मैदान छाड्नेवाला छैनौं, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन्, जनताको फैसला स्वीकार गर्नेछौं,’ उनले भने ।
नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्दै फेसबूकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरूलाई मन्त्री श्रेष्ठले जवाफ दिँदै भने, ‘सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ ।’