सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १३:१३ 
  • दमौली, १२ फागुन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई जनता र निर्वाचनले गर्ने उल्लेख गर्नुभयो ।

    “प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान छ । संसदीय प्रणालीमा मध्यावधि निर्वाचन र ताजा जनादेशको घोषणा कहिल्यै प्रतिगमन हुन सक्दैन र होइन”, नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो, “यो त संसदीय मूल्य, मान्यता र सिद्धान्तकै लोकतान्त्रिक अभ्यासहरू हुन् । त्यसैले यससम्बन्धी हिजो सर्वोच्चले गरेको फैसला पनि लोकतन्त्र र जनताको हार र जीतको फैसला नभई, मात्र एउटा अभ्यास र अदालती मुद्दाको फैसलामात्र हो ।” यसैगरी गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपालाई एकताबद्ध बनाउन अविश्राम पहल गर्नुपर्ने बताउनुभयो । मन्त्री चुमानले अझै पनि एकता सम्भव रहेको उल्लेख गर्नुभयो । “नबहकिआँै, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व ग्रहण गरौँ”, नेकपाका केन्द्रीय सदस्य एवं प्रचण्ड–माधव नेपाल समूहका नेता चुमानले भन्नुभयो, “हामी आफँैले बनाएको संविधानको अदालतले सम्मान ग¥यो भनेर बुझाँै ।” गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य आशा कोइरालाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउनुभयो ।

    पूर्वमन्त्री कोइरालाले नेकपा मिल्नुपर्नेमा जोड दिनुभयो । “हामीले एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले एकता गरेका थियाँै । कम्युनिष्टहरू एकीकृत हुनुपर्छ । एकतामा तागत हुन्छ”, उहाँले भन्नुभयो । सेवा विस्तार गर्दै दमौली अस्पताल दमौली अस्पतालमा थाइराइड, आँखा र दाँत सेवा शुरु भएको छ । अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप अस्पतालले थाइराइड, आँखा र दाँत सेवा शुरु गरेको हो । दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । थाइराइड परीक्षणका लागि अस्पतालले निजी ल्याबभन्दा ४० प्रतिशत कम शुल्कमा सेवा दिने अधिकारीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु दश लाख मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । “सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जानु पर्दैन”, अधिकारीले भन्नुभयो । अधिकारीका अनुसार अस्पतालबाटै आँखाको शल्यक्रियाका लागि पनि पहल भइरहेको छ । “शल्यक्रियाका लागि उपकरण ल्याउन पहल भइरहेको छ, त्यसपश्चात् आँखाका बिरामीलाई पनि शल्यक्रियाका लागि अन्यत्र जानु पर्दैन”, उहाँले भन्नुभयो । दमौली अस्पतालमा आँखा परीक्षण गराउन आउनेमध्ये दैनिक तीनजनालाई शल्यक्रियाका लागि पोखरा सिफारिस गर्ने गरिएको छ । त्यस्तै अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ । हाल सोबाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ । दाँतको उपचारका लागि डिजिटल एक्स–रे मेशिन सञ्चालनमा ल्याइएको छ ।

    सो मेसिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो । मेशिनलाई करीब रु ५० लाख पर्छ । दमौली अस्पतालमा दन्त सेवा नहुँदा सर्वसाधारणले निजी स्वास्थ्य संस्थामा सेवा लिनुपर्ने बाध्यता थियो । अस्पतालका नेत्ररोग विशेषज्ञ डा सुधा रानाभाटले उपकरण थप गर्न सकिए अस्पतालबाटै शल्यक्रिया सेवा दिन सकिने बताउनुभयो । दन्तरोग विशेषज्ञ डा सुनिल सुवेदीले शुरुआती दिनमा दाँतको सेवा दिन कठिनाइ रहे पनि उपकरण थप भएपछि सहज भएको बताउँदै कृत्रिम दाँत हाल्ने व्यवस्था मिलाउन समितिलाई अनुरोध गरिएको जानकारी दिनुभयो । विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । अध्यक्ष अधिकारीका अनुसार सरकारले ३५ श्यया खरीदका लागि बजेट उपलब्ध गराइसकेको छ । “सामान्य उपचारका लागि पोखरा, चितवन र काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्यका लागि अस्पताल सुधारको काम गरिरहेका छौँ, नयाँ नयाँ उपकरण थप भइरहेको छ”, उहाँले भन्नुभयो । अस्पतालमा हालै मात्र प्रसूतिरोग विशेषज्ञको समेत व्यवस्था भएको छ । यससँगै अस्पतालबाटै प्रसूति सेवासमेत शुरु भएको छ । यस अगाडि पनि अस्पतालमा प्रसूति सेवा सञ्चालनमा रहे पनि विशेषज्ञ चिकित्सिकको सरुवा भएपछि उक्त सेवा रोकिएको थियो । दमौली अस्पतालका मेसु डा सुनिल पौडेलले अस्पतालको ल्याब पूर्ण स्वचालित बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सघन उपचार कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “अस्पताल सुधारका धेरै काम भएका छन्, यसले गर्दा सर्वसाधारणले सहजरुपमा सेवा प्राप्त गर्न सक्ने अवस्था बनेको छ”, उहाँले भन्नुभयो । अस्पतालमा केही समय अगाडि एनेस्थेसिया उपकरण जडान गरिएको थियो । विना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेशिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको थियो । पन्ध्र १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिसकिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ । अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ ।

    अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलोसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । २०३४ सालमा स्वास्थ्यचौकीका रुपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । आँखा परीक्षण गर्न पाउँदा … व्यास नगरपालिका–४ सिमलटार निवासी गोपनास सापकोटा ७९ वर्ष पुग्नुभयो । उहाँलाई आँखामा आँसु बगिरहने समस्या छ । ७० वर्ष नाघेपछि उहाँलाई यस्तो समस्या देखिएको छ । यही समस्या सुनाउँदै उहाँ व्यास नगरपालिकाले आयोजना गरेको आँखा परीक्षण शिविरमा आउनुभयो । व्यास नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गलबारदेखि आँखा परीक्षण शिविर शुरु गरेको छ । शिविरमा आउनुभएका सापकोटालाई चिकित्सकले चस्मा लगाउन सुझाव दिनुभयो । “आँखाबाट आँसु आइरहन्थ्यो, परीक्षण गर्ने अवसर पनि जुटेको थिएन, नगरपालिकाले आयोजना गरेको शिविरमा आएर आँखा जँचाउन पाइयो, खुशी लागेको छ”, उहाँले भन्नुभयो । व्यास नगरपालिका–२ निवासी ८७ वर्षीया वेदमाया वाग्लेले घरआँगनमै आँखा परीक्षण गराउन पाउँदा खुशी लागेको बताउनुभयो । “बूढेसकालमा घरआँगनमै आँखा परीक्षण गराउन पाउँदा सजिलो भयो”, उहाँले भन्नुभयो । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चारदिने आँखा शिविर शुरु गरेको छ ।

    शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनाका साथै आवश्यकताअनुसार निःशुल्क औषधि र चस्मा वितरण गरिनेछ । आँखा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था भएकालाई निःशुल्क शल्यक्रिया सेवासमेत प्रदान गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “ढल्ँिकदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास नगरपालिका–१, २, ३ र ४ का ज्येष्ठ नागरिकको आँखा जाँच गरिएको छ । फागुन १२ गते व्यास नगरपालिका–५, ६, ७ र ८ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ । त्यस्तै फागुन १३ गते व्यास नगरपालिका–९, १०, ११, १२ र फागुन १४ गते व्यास नगरपालिका–१३ र १४ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.