दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने
न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १२:४१
हेटौंडा, १२ फागुन । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताएका छन् । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताए ।
केही दलका नेताले आफुलाई बदनाम गराउन प्रचारबाजी गरेको आरोप लगाउँदै उनले बाहिर हल्ला चलाइए अनुसारको काम आफुले नगरेको बताए । दलहरूको माग अनुसार नै बैठकको मिति तय गर्ने उनको भनाइ छ । “अरुले आरोप लगाएजस्तो काम मबाट भएको छैन, म निष्पक्ष रुपमा काम गरिरहेको छु, उनले भने, दलहरुसँगको छलफल र माग अनुसार नै बैठकको मिति तय हुन्छ ।”
गत माघ १९ गतेका लागि बोलाइको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै माघ १८ गते राति सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।फागुन ५ गते दिउँसो २ बजेसम्मका लागि बोलाइएको बैठक विशेष कारण भन्दै सोही दिन बिहान ६ः३५ बजे सूचना टाँसेर पुनः अनिश्चितकालका लागि स्थगित गरे । सत्तापक्षकै दबाबका कारण सभामुख श्रेष्ठले बैठक स्थगित गरेको नेकपाको प्रचण्ड–माधव पक्षको आरोप छ ।