सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी


  •    न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार १२:२८ 
  • काठमाडौँ, १२ फागुन ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।

    शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’

    सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा प्रश्न पत्र छपाइ गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको परीक्षा नियन्त्रक खकुरेलले बताए ।

    बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा संलग्न हुने छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.