नेकपा प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना भएको अवसरमा विजय र्याली गर्ने
न्युजभित्तो/१२ फाल्गुन २०७७, बुधबार ११:५२
काठमााडौँ, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्याली गर्ने भएको छ ।
काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजे विजय र्याली निकालिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार बुधवार बिहान ८ बजे जिल्ला सदरमुकाममा कार्यक्रम भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुशीयाली मनाइरहेको छ ।