सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनको ५९९ सदस्सीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार २०:१९ 
  • चितवन, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो ।

    चितवनको भरतपुरमा आज आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरु निर्वाचनमा जाने भन्दै पोखरेलले बाहिर गरिएको हल्लाको पछि नलाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उहाँको भनाइ छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आजै ५९९ सदस्यीय कमिटी घोषणा गरेको छ । जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वाग्मती प्रदेश सहईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतले संसद् विघटन गर्नुपर्ने बाध्यताबारे जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.