सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता छ:मन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १४:२६ 
  • काठमाडौ,१० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

    शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन् ।

    बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन् ।

    नेपालको चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । ‘शिक्षा प्रणालीमा आमुल परिर्वतन ल्याउनको लागि आवश्यकता अनुसार शिक्षा ऐन, २०२८ परिमार्जनको गर्न आवश्यक रहेको छ र त्यसको लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको,’ मन्त्री श्रेष्ठले भने ।

    सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गराउने क्रममा शिक्षामन्त्रीसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरे ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.