सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिको माग


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १४:१८ 
  • सिन्धुपाल्चोक,१० फागुन ।  सिन्धुपाल्चोक र दोलखा जोड्ने सुनकोशी नदीको पुल निर्माण सुचारू गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

    पक्की पुल निर्माण सुरू भए पनि अलपत्र छ। तीन वर्षअगाडि नै निर्माण सक्नु पर्ने भए पनि निर्माण कम्पनीले उक्त पुल अलपत्र राखेको छ।

    उक्त पुल निर्माणको माग राखेर गत शनिबार त्रिपुरासुन्दरी र बाह्रविसे नगरपालिकाका बासिन्दाले धर्ना दिएका थिए। पुल २०७२ सालबाट निर्माण सुरू गरिएको थियो।

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का गोकुल नेपालले पुल निर्माणमा लापरवाही भएको बताए। पुल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरेको उनको आरोप छ। पुलका खम्बाहरू चर्केको उनले बताए।

    पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीका अनुसार निर्माण व्यवसायी पक्षबाट र सरकारका तर्फबाट पनि पुल निर्माणमा तदारूकता नदेखिएपछि स्थानीय बासिन्दा विरोधमा उत्रनुपरेको छ।

    उक्त विरोध प्रदर्शनमा पुगेका नेविसंघ महामन्त्री वलदेव तिमिल्सिनाले पुल अलपत्र नछाड्न र तत्काल निर्माण सुरू गर्न निर्माण व्यवसायीलगायतलाई आग्रह गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.