सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीद्वारा बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १२:५९ 
  • काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् ।

    आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए ।

    दहचोकमा आयोजित कार्यक्रममै देश सुरुङ युगमा प्रवेश गरिरहेको बताएका प्रधानमन्त्रीले डाडाँकाडाँ उकालो–ओरालो तथा असंख्य घुम्तीहरु पार गर्दै हिँडने सडक अब सुरुङमार्गबाट निमेशभरमै गन्तव्यमा पुग्ने बताए । ‘देश अब सुरुङ युगमा प्रवेश गरिसक्यो । अब थानकोटबाट फुत्त नौबिसे पुग्ने दिन आउँदैछ ।

    सुरुङको प्रवेशद्वार पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले सुरुङको विशेषता, हाल भइरहेको कार्य, उत्पन्न चुनौती र कोभिडका कारण परेको असर बारे जानकारी गराएका थिए ।

    कुल २ हजार ६ सय ८० मिटर लम्बाईको दुई लेनको यो सुरुङमार्ग नेपालमै पहिलो पटक फ्लाई ओभर तथा तीन वटा पुल र दुई अण्डर पास सहित निर्माण हुँदैछ । यसमा पानी पठाउने, आकस्मिक उद्धार र सुरुङ भित्र चौबीसै घन्टा प्रकाश तथा अक्सिजनको मात्रा सन्तुलन गर्ने प्रणाली र सीसीटीभीसमेत हुनेछ ।

    अधिकारीहरुबाट प्रारम्भिक विवरण सुनेपछि प्रधानमन्त्रीले त्यहाँ कार्यरत मजदुरहरुलाई धन्यवाद दिँदै काम राम्ररी गर्न हौस्याउनुभएको थियो। प्रधानमन्त्रीले आफूतिर हेर्दै धन्यवाद भनेपछि उत्साहित मजदुरहरुले प्रधानमन्त्रीसँग सामूहिक फोटो पनि खिचाएका थिए ।

    २०१९ को नोभेम्बर महिनामा ठेक्का सम्झौता भएको मितिले ४२ महिना भित्र यसको निर्माणकार्य सम्पन्न हुनेछ । अहिले धुनिबेसी नगरपालिकास्थित सुरुङको पश्चिमी मार्गतर्फबाट ९० मिटर खनिएको छ भने पुर्वतर्फ चन्द्रागिरी नगरपालिकास्थित पुर्वी प्रवेश विन्दुमा २७ मिटर खनिएको छ । त्यहाँ कमलो माटोको भाग सकिएर कडा चटानको भाग सुरुभएपछि सुरुंग निर्माणले तीव्रता लिने आयोजनाका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.