सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जादै


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १२:५४ 
  • कञ्चनपुर,१० फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर आउँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर आउन लागेका हुन् ।

    प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ । सोमवार दिउँसो १२ बजे आमसभा कार्यक्रम हुने नेकपा ओली समूहका केन्द्रीय सदस्य पल्लबराज भट्टले जानकारी दिए ।

    विगत २ दशकदेखि चर्चामा रहेपनि वन क्षेत्रको भोगाधिकार प्राप्त नहुँदा दैजीछेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ हुँदै आएको आएको छ ।सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाउने जनाएको छ । कञ्चनपुरको दैजीछेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण हुने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.