सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १२:४८ 
  • धनगढी, १० फागुन ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।

    फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार विहान उनको मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    यो सहित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३२ पुगेको छ । ५० शय्याको अस्थायी अस्पताल अहिले खाली भएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ९५ पुगेको छ ।

    आइतबार साँझसम्म नेपालमा २ लाख ७३ हजार ४३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २ लाख ६९ हजार ८७६ जना निको भइसकेका छन् । आइतबार साँझसम्म देशभरका क्वारेन्टीनमा ६८ जना छन् ।

    स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका अस्पतालमा गरी ५२ जना कोरोना संक्रमितको आईसीयूमा र १० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ९ सय ९६ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आईसोलेसनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.