सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १४:५४ 
  • काठमाडौँ, ९ फागुन ।  काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ ।

    छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ । त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।” पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताउनुभयो । नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उहाँले जानकारी दिनुभयो । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उहाँले भन्नुभयो, “एक किमी कालोपत्र गर्दा रु एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पु¥याएर छाडिनेछ ।

    ” विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले छ महिना अवधि थपिएको योजनाले जनाएको छ । चालू आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भए पनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताउनुभयो । चालू आवमा कालोपत्र गर्ने भनिएको १० किमी सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको छ । गत आवमा १५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइए पनि साढे आठ किमी कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजनाले जनाएको छ । सडकको रेखाङ्कनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले जानकारी दिनुभयो । सडकको ट्र्याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ । साढे नौ मिटर चौडाइको सडकमा सात मिटर सडक तथा साढे दुई किमी नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै सो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या छ । पहिले सहायक सडक (फेदर रोड) का रुपमा रहेकामासरकारले गत आवमा राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१-३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको सूचना अधिकारी रजकले बताउनुभयो । अहिले तत्कालका लागि सडकको चौडाइ बढाउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले निर्माणस्थल खाली गराउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिँदैछ ।

    ” गत वर्षसम्म ९० किमी लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किमी छ । राजमार्गको शुरुविन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छन् । निर्माण शुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२-७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता वर्षेनी राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ । निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरतर्फ करीब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटाँैडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई-मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.