सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा फागुन १२गते प्रचण्ड माधव समुहको बृहत सभा: दाहाल र नेपालले सम्बोधन गर्ने


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १३:२० 
  • चितवन, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनकाे बिराेधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    फागुन १२ गते दिउसो १२ बजे भरतपुर केन्द्रीय बस टर्मिनल परिसरमा सभा आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अघ्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले संबाेधन गर्ने कार्यक्रम छ । पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ ।

    चाैबिसकाेठिबाट सुरु हुने जुलुसमा भरतपुर १,२,३,४,१५,१६,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । मालपोत चाेकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गापा, भरतपुर १०,११,१२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन्। त्यसैगरी बुद्धचाेकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५,६,७,८,१३,१४,२१,२२ र २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् ।

    गाेन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा,र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला , दलित, सुकुम्बासी , उद्योगी , ब्यवसायी , शिक्षक, कर्मचारी , बुद्धिजीवी , समाजसेवी , नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.