सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको:नेकपा नेता रावल


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १३:०५ 
  • काठमाडौँ, ९ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको बताएका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा बसेर सर्वोच्च अदालतलाई धम्क्याएको पनि आरोप लगाएका छन् ।

    रावलले ट्वीटरमार्फत फरार अभियुक्तलाई गुटमा भित्र्याउनुका साथै आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश २ का प्रमुखलाई हटाउनुबाट ओली निरङ्कुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जिकिर समेत गरेका छन् ।

    ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरङ्कुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ’, रावलले ट्वीटरमार्फत भनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.