सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार १२:४९ 
  • विराटनगर , ९ फागुन ।  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् ।

    आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् ।

    प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकका लागि एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ । बैठक बस्नुअघि आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।

    छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए ।

    आइतबार अविश्वासको बैठकमा टेबुल गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । यसअघि २५ माघमा अविश्वास्को पस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सरकार पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो । आइतबारको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ ।

    प्रदेश मन्त्री भन्छन्- प्रस्तावमा हतार नगरौं

    अविश्वासको प्रस्तावमाथि छलफलका लागि हतार गर्न आवश्यक नरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की बताउँछन् । पार्टी विभाजनले आधिकारिकता नपाएका कारण परिस्थिति असहज रहेको भन्दै उनले विश्वासको प्रस्तावमाथि छलफल गर्न हतार गर्न आवश्यक नरहेको बताए ।

    ‘पार्टी विभाजनले आधिकारिकता नपाई अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढाउन उपयुक्त हुँदैन,’ अनलाइनखबरसँग उनले भने, ‘हामीले निर्वाचन आयोग र सर्वाेच्च अदालतको निर्णय पर्खन आग्रह गरेका छौं २-४ दिनमा निर्णय आइहाल्छ ।’

    अविश्वासको प्रस्ताव दर्ताअघि प्रदेश सरकारले माघ ७ गते प्रदेशसभाको बैठक बोलाएको थियो । ७ माघदेखि ९ फागुनसम्मको अवधीमा तेस्रो पटक बैठक बस्न लागेको हो ।

    गत २५ माघको बैठक नेकपा ओली समूहले अवरुद्ध गरेको थियो । ७ माघको पहिलो बैठक प्रदेशप्रमुखले पठाएको पत्र बाचन गरेर स्थगित भएको थियो ।

    प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बो करिब दुई महिनाको अवधीमा सरकारले पहल नगरेका कारण अब प्रस्तावमाथि छलफल रोक्न नमिल्ने बताउँछन् । आइतबारको छलफलमा अविश्वासको प्रस्ताव पेस गरी नियमित छलफलमा लैजानुपर्ने उनको भनाइ छ ।

    गत पुस १२ गते प्रदेशसभामा प्रचण्ड-माधव समूहका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.