सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरा चार विषयहरु सभापति शेरबहादुर देउवाले सुन्नुभएन:कांग्रेस बरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/९ फाल्गुन २०७७, आईतवार ०९:४१ 
  • सुनसरी,९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना चार विषय सभापति शेरबहादुर देउवाले नसुनेको बताएका छन्। ती विषयमाथि हालैको केन्द्रीय समिति बैठकमा आफूले निर्णय गर्नुपर्ने प्रस्ताव गरे पनि सभापति देउवाले ध्यान नदिएको उनले बताए।

    आइतबार बिहान सुनसरीमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले भने, ‘मेरा कुरामा छलफल भएन। पारित गर्ने कुरामा सभापतिले ध्यान दिनुभएन। केन्द्रीय समितिले प्रष्ट दिशा र लाइन नलिँदा देशमा अन्यौलको सिर्जना भयो, म दु:ख व्यक्त गर्छु।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेर ठहर गरेकोले त्यसलाई लोकतान्त्रिक र संवैधानिक बनाउने बाटोतर्फ जानुपर्नेमा केन्द्रीय समितिले यसबारे ठोस निर्णय नगरेकोमा पौडेलको गुनासो छ।

    यस्तै संवैधानिक नियुक्तिहरू खारेज गर्न पार्टीले माग गर्नुपर्ने भनेर केन्द्रीय समितिमा कुरा राखे पनि कुनै निर्णय नभएको उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.