सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस वर्ष चितवनमा तोरी उत्पादन वृद्धि


  •    न्युजभित्तो/७ फाल्गुन २०७७, शुक्रबार १३:१३ 
  • चितवन, ६ फागुन । जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

    यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उहाँले बताउनुभयो । जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य छ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ ।

    रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उहाँले बताउनुभयो । विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ । नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ ।

    दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.