सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय समाचार समिति (रासस) आजबाट ६०औँ वर्षमा प्रवेश,हीरक वर्षको रुपमा मनाउने


  •    न्युजभित्तो/७ फाल्गुन २०७७, शुक्रबार १२:४७ 
  • काठमाडौँ, ७ फागुन ।  राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षको रुपमा मनाउने भएको छ । प्रमुख अतिथि रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

    हीरक वर्ष शुभारम्भका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरी राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन, २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ । उहाँको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ । राससले हाल मुलुकको सङ्घीय संरचनाअनुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् । फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेस स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसाल्नुभएको थियो । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । झण्डै २०० को सङ्ख्यामा टेलिभिजन र केवल टेलिभिजन दर्ता भई १०० का हाराहारीमा सञ्चालनमा रहेको अवस्थामा राससले ‘श्रव्यदृश्य’ सेवा पनि निकट भविष्यमा नै शुरु गर्दै छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार, आलेख, श्रव्य, तस्वीरलगायत सामग्रीमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण नै राससको मूल मन्त्र हो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबाट रासस हीरक वर्ष प्रवेशका अवसरमा प्राप्त शुभकामना सन्देशमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको विकास र समृद्धिलाई गति दिन राससजस्तो देशव्यापी सञ्जाल भएको समाचार समितिको भूमिका अहं भूमिका हुने उल्लेख छ । आज केन्द्रीय कार्यालय, भद्रकालीमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङबाटबाट सम्मान र पुरस्कार प्रदान हुँदैछ । समारोहमा उत्कृष्ट छनोट भएका समाचारदाताका साथै आलेख र तस्वीर विधामा पुरस्कार प्रदान गरिँदैछ । राससले समाचार, सूचना र विचार प्रकाशन तथा प्रसारण माध्यमलाई उपलब्ध गर्ने मात्र नभई राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ मजबुत बनाउन पनि अग्रणी भूमिका खेलेको छ । राससले समाजमा पछि परेका समुदायलाई मूल प्रवाहमा ल्याउन उनीहरूका भावनालाई पनि प्राथमिकता दिँदै आएको छ । मुलुकका कुनाकन्दरामा दबिएका आवाजविहीनको आवाजको प्रतिनिधित्व गर्नुलाई आफ्नो मुख्य धर्म मान्दै आएको राससले सरकारी कामकारवाहीको कमजोरी औँल्याउने, पारदर्शी बनाउने र सुशासनलाई बढावा दिँदै मुलुकको सामाजिक, सांस्कृतिक एवं आर्थिकलगायत सबै पक्षलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको छ । राससका अधिकांश समाचार सेवाले जनताको दैनिक जीविकासँग सरोकार राख्ने जनचासोका विषयलाई उच्च महत्व दिएको हुन्छ । रासस नाफामूलक नभई सेवामूलक ढङ्गबाट सञ्चालन भएकाले यसले जहिले पनि जनचासो र अभिरुचिका विषयलाई महत्व दिँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.