सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

 संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक


  •    न्युजभित्तो/७ फाल्गुन २०७७, शुक्रबार ११:०८ 
  • काठमाडौँ, ७ फागुन ।  संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    फागुन ६ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल निगम कार्यालय अगाडि प्रदर्शन गरेको अनेरास्ववियूले आज भने विश्वविद्यालय अनुदान आयोग कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउँदै छ ।

    बिहान ११ बजे विश्वविद्यालय व्यवस्थापन, अनुदान तथा छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितताविरुद्ध ज्ञापनपत्र बुझाइने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    फागुन ८ गते १ बजे अनेरास्ववियूका पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा रत्नराज्य क्याम्पस अगाडि श्रद्धाञ्जली सभा गर्ने र फागुन १० गते दिउँसो २ बजे प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम राखिएको उनले बताए ।

    फागुन ११ गते ११ बजे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने, १३ गते सभामुख अग्नि सापकोटालाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने र १४ गते प्रतिगमनविरुद्ध मार्चपास गर्ने कार्यक्रम अनेरास्ववियूले सार्वजनिक गरेको छ ।

    फागुन १६ गते ११ बजे प्रतिगमन, महँगी र भ्रष्टाचारविरुद्ध सिंहदरबार अघि थाल ठटाएर विरोध प्रदर्शन गरिने छ । सोही दिन उपत्यका बाहिर भने सिडियो कार्यालय अगाडि प्रदर्शन हुने छ ।

    फागुन १८ गते १ बजे प्रतिगमनविरुद्ध शंख जुलुससहित बालुवाटार घेराउ गर्ने कार्यक्रम पनि तय गरिएको छ । फागुन १८ गते काठमाडौं उपत्यका बाहिर सिडियो कार्यालय अगाडि प्रदर्शन गर्ने अनेरास्ववियूले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.