सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफू चितवनमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको: चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार २१:५० 
  • चितवन, ०६ फागुन ।केही दिन अघिदेखि मात्रै कार्यभार सम्हालेका चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अधिकारीले नेपाल सरकार र विद्यमान ऐन कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याएसम्म पूरा गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने बताएका हुन् । ‘म भरखरै चितवन आएर कार्यभार सम्हालेको छु, मैले यस्तो गर्छु, उस्तो गर्छु भनेर भन्दिनँ’ अधिकारीले भने, ‘मैले सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु ।’ चितवनमा वाग्मती प्रदेशकै सुरक्षा चुनौती भएको भन्दै प्रहरी उपरीक्षक अधिकारीले यहाँ जनशक्तिको कमी भएको बताए ।
    ‘चितवनमा प्रहरीको रिजर्भ फोर्सका लागि १०० जना प्रहरी थप्नेगरी वाग्मती प्रदेश प्रहरी कार्यालयले मलाई घर खोज्न भनेको छ’ अधिकारीले भने, ‘हामीले घर खोजीरहेका छौँ, घर फाइनल भएपछि जिल्लामा रिजर्भ फोर्स हुनेगरी १०० जना प्रहरी आउनेछन् ।’ समाजमा नकारात्मक सोच हावी हुँदै गएकाले यसको समाधान गर्नुपर्नेमा अधिकारीले जोड दिए । ‘समाज नकारात्मकतातर्फ उन्मुख हुँदैछ’ अधिकारीले भने, ‘यो डरलाग्दो रोग हो, यसलाई सुधार गर्नु आजको प्रमुख चुनौती हो।प्रविधिमैत्री प्रहरी आजको आवश्यकता भएको अधिकारीले बताएका छन् । जिल्लाका मुख्य शहरी क्षेत्रमा राखिएका अधिकांश सिसी क्यामेरा बिग्रिएका भन्दै अधिकारीले तिनीहरुको मर्मतसम्भार हुनुपर्नेमा जोड दिए । ‘सिसी क्यामेराले अपराध अनुसन्धानमा सघाउँछ, तर जिल्लाका अधिकांश सिसी क्यामेरा बिग्रिएको अवस्थामा रहेका छन्’ अधिकारीले भने, ‘अपराध नियन्त्रणमा सिसी क्यामेरा प्रयोग हुनेगरी काम अगाडि बढाउनुपर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.