सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार १४:४३ 
  • दुल्लू, ६ फागुन । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

    आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

    त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.