सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केही जिल्लामा समस्याले एकीकरणमा ढिलाई : प्रचण्ड


  •    /२ बैशाख २०७६, सोमबार १४:१२ 
  • माडी (चितवन) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही जिल्लामा समस्या भएका कारण पार्टी एकीकरण तलसम्म टुंगिन समय लागेको बताएका छन् । जिल्लाको दक्षिणी भागमा रहेको माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अप्रिल २२ (वैशाख ९) सम्ममा तल्लो तहसम्मको एकीकरण टुंगो लाग्ने बताए ।
    उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको २२ अप्रिलको दिन तल्लो तहसम्मको एकीकरणको घोषणा हुने बताए । उनले भने “चितवन जिल्लाको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाई भएको हो ।”
    अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई स्थानीय तहमा हुने गतिविधिमा सघाउन र विकास निर्माणमा लाग्न निर्देशनसमेत दिए । सशस्त्र द्वन्द्वको समयमा यात्रुवाहक बसमा बिस्फोट भएको स्थान बाँदरमुढेमा पार्क निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता सो अवसरमा उनले व्यक्त गरे । भूमिहिनको समस्या छिट्टै समाधान गर्ने बताउँदै दाहालले सबैलाई आफ्नो जग्गाको लालपूर्जा दिलाउनेतर्फ सरकार लागेको जानकारी गराए ।
    माडीमै आयोजित अर्काे एक कार्यक्रममा अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिबिना सम्भव नभएको बताए । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई सम्बोधन गर्दै उनले विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए ।
    नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै उनले भने “विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनु पर्छ ।” शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने “हाम्रा पूर्खाहरु अशिक्षित भएर पनि बैरीहरुसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।”
    शिक्षित युवाहरु विदेश पलायन हुँदै गएका र यहाँ बालबालिका मात्रै रहेका भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नु पर्ने अध्यक्ष दाहालको भनाई थियो ।
    तीनतिर राष्ट्रिय निकुञ्जले घेरिएको माडीको कार्यक्रममा दाहालले भने “राष्ट्रिय निकुञ्ज ऐन २०२९ सालमा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता थिएनन्, त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने अवस्था भयो ।” उनले अगाडि भने “यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस सुरु गरेको छु ।” छिट्टै निकुञ्ज ऐन जनमैत्री भएर संशोधन हुने उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.