सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार ११:३५ 
  • चितवन, ६ फागुन  ।  चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको छ ।

    बुधबार (फागुन ५ गते) साँझ सम्पन्न फाइनल खेलमा लामा स्पोर्ट क्लब वीरेन्द्र नगरलाई सोझो सेटमा ३–० को अन्तरले पराजित गर्दै सगरमाथा रिकण्डिशन विजयी भएको हो ।

    सोनी लाफा युवा क्लब, खैरहनीको २६ औं वार्षिक उत्सवको अवसर तथा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृति दिवसकोे अवसरमा फागुन २ गते बाट खेल सुरु भएको थियो ।

    खैरहनी नगरपालिका– ४, लाफा गाउँ खेल मैदानमा भएको खेलमा १४ टिमले सहभागिता जनाएका थिए । खेलमा प्रथम हुने रिकण्डिशनलाई ३० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रमाण गरिएको थियो । भने दित्तीय हुने लामा स्र्पाेट क्लवलाई २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रमाण गरिएको थियो ।

    फागुन दुई गते खेलको समुद्घाटन गरिए पनि खेलहरु ३, ४ र ५ गते खेलाइएको थियो । सोही अवधिमा म्युजिकल चेयर, चकलेट खाने खेल, बेलुन फुटाउने खेललगायतका खेल पनि खेलाइएको थियो ।

    सो क्लवले आफ्नो वार्षिक उत्सव एबम प्रथम सहिद लखन थापा मगरको स्मृतिमा बर्र्षेनि भलिबल खेलसहित अन्य विभिन्न खेलहरुको आयोजना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.