सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना तथा प्रसारण विभागमा दुई हजार ३२५ अनलाइन सञ्चारमाध्यम दर्ता


  •    न्युजभित्तो/६ फाल्गुन २०७७, बिहीबार ११:२३ 
  • काठमाडौं, ६ फागुन । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मंसिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

    आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । २७२ नवीकरण गरिएको छ । त्यसैगरी, आव ०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताए । उनले भने, ‘‘अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ । तर, यसको संख्या बढ्यो, गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिताविपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ । ’’दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन् ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताए । उनले भने, ‘‘अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ । तर, यसको संख्या बढ्यो, गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिताविपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।’’

    दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.