सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार १४:५१ 
  •  काठमाडौं,५ फागुन  ।  बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

    जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ ।

    जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ । दिउँसो २ बजेका लागि पत्रकारहरुलाई बोलाइएको छ ।

    यसअघि २१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो । दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो । उनले पारिवारिक प्रतिसोधका कारण भट्टको हत्या गरेको बयान दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.