सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भागरथी अध्ययनरत विद्यालयकै छात्रद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार


  •    न्युजभित्तो/५ फाल्गुन २०७७, बुधबार १०:४९ 
  • बैतडी, फागुन ५ । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले गाउँकै एक छिमेकी किशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् । मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।

    किशोरलाई आजै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार ती किशोरले विद्यालयबाट घर फर्कदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारी सकेका छन् । हत्या र बलात्कार प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । पारिवारिक रिसईबीका कारण भागरथीको हत्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्तले बताए ।

    आफन्तले भने “सँगै पढ्ने अन्य विद्यार्थीले जसरी भागरथीका बारेमा खुलेर बताएका थिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको थियो । शंकास्पद गतिविधि थियो । कक्षा ११ मा पढ्ने केटो हो ।”

    दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन् । भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.