सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार १५:१७ 
  • चितवन, ४ फागुन ।  पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ । निर्माण व्यवसायी समेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध आठ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने अभियोग लगाइएको छ ।

    सिक्टा सिँचाइ आयोजनामा कमसल सामान प्रयोग गरी पाण्डेसहितको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर ०७५ मा मुद्दा दर्ता गरेको हो । आयोजनाको निर्माण जिम्मा पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले पाएको थियो । आयोजना प्रमुख, सिँचाइ विभागका इन्जियनियहरू, कालिकाका प्रबन्ध निर्देशकसहित २१ जनालाई भ्रष्टाचारमा सामेल भएको आरोप छ ।

    १७ जेठ ०७६ देखि पेसीमा चढेको यो मुद्दालाई १२ माघ ०७७ देखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको छ । गत आइतबारदेखि भने दैनिक सुनुवाइ भइरहेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीसहित सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले मुद्दा सुनुवाइ गरिहेको छ । पाण्डे ०७३ मा भूमि सुधार तथा व्यवस्था मन्त्री बनेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.