सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी प्रहरी नजीक:गृहमन्त्री थापा


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार १५:०५ 
  • काठमाडौँ, ४ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ ।

    बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाउनुभयो । भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उहाँले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताउनुभयो ।

    महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उहाँले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताउनुभयो । महिला कानून व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.